नयाँ नक्सा जारी गर्ने निर्णय भएको भन्दै मन्त्री अर्यालको गृह जिल्ला स्याङ्जामा दीप प्रज्ज्वलन
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारको निर्णयलाई स्वागत गर्दै सदरमुकाममा दीप प्रज्ज्वलन गरेको छ ।
स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे पारसले नेपालको नयाँ नक्सा मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको उपलक्ष्यमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको बताउनु भयाे । अध्यक्ष गैरेले यसअघि विज्ञप्ति जारी गर्दै सरकारको निर्णय स्वागतयोग्य भएको बताउनु भएकाे थियाे ।
.

सोमवार बसेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा सीमाको नापनक्सांकन गर्ने प्राविधिक कार्यालय नापी विभागका पूर्व महानिर्देशकहरुसँग आज मन्त्रालयमा छलफल समेत गर्नुभएको छ ।
सरकारको निर्णयसँगै भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा जारी गर्ने तयारी थालेको बताइएकाे छ ।
समाचार
थप सामाग्री
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
१ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीमा घाँस काट्न जाँदा भिरबाट लडेर २८ वर्षीय एक युवकको ज्यान गएको छ । घरबाट…


