संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सरकारले नक्सा सार्वजनिक गरेपछि संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमा छलफल र निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयाे ।
बैठकमा लिपुलेकसहित अन्य अतिक्रमित भू–भागहरु फिर्ता गर्न भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल अविलम्ब सुरु गर्दै सार्थक र परिणाममुखी वार्ता गर्न सरकारलाई प्रस्ताव गर्ने विषयमा छलफल भएको थियो ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


