मनकारी कर्मचारी-वालिङकाे राहत कोषमा नगद सहयोग
वालिङ : वालिङ नगरपालिकामा कार्यरत एक कर्मचारीले राहत कोषमा सहयोग प्रदान गर्नुभएको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा आईटी ईञ्जिनियर प्रकाश अर्यालले नगर प्रमुख दिलीपप्रताप खाँणलाई आज दश हजार ५० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण अहिले लकडाउनको अवस्था भएकाले मजदूरी नगरेसम्म खानबाट बञ्चित हुनेहरुलाई केही छाक भएपनि भोजनको ब्यवस्था गर्न सहयोग पुगोस् भन्ने हेतुले नगरपालिकाको कोषमा उक्त रकम जम्मा गरेको ईञ्जिनियर अर्यालले बताउनुभयो ।
ईञ्जिनियर अर्यालले यसअघि वालिङ नगरपालिकामा कार्यरत ९१ जना कर्मचारीहरुबाट सामूहिकरुपमा रकम हस्तान्तरणका क्रममा ६ हजार सहयोग गर्नुभएको थियो ।
कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा कर्मचारी अर्यालले गर्नुभएको सहयोगको प्रशंसा गर्दै प्राप्त सहयोगको सही सदुपयोग गर्ने नगर प्रमुख खाँणले बताउनुभयो
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


