मन्त्री अर्यालले किन भनिन अन्तरवार्ता र नीति तथा कार्यक्रमको तुलना गर्न (बिश्लेषण)

padma_aryal_waling_napa

राधाकृष्ण डुम्रे :
नेपाल सरकारका भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मद्मा कुमारी अर्यालले बिबादित बनाईएको आफ्नो अन्तरवार्ता र आज राष्ट्रपतिद्धारा संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमको तुलना गर्न आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री अर्यालले दुवै बिषयलाई तुलना गर्न आग्रह गर्नु भएको हो ।
मन्त्री अर्यालको पोष्टमा भनिएको छ, ‘बिबादित बनाईको मेरो अन्तरवार्ता र आजको निति कार्यक्रमको भाषा तुलना गरेर हेरौं है साथीहरू सन्दर्भ लिम्पियाधुरा लगाएतका क्षेत्र ।’

.

के छ नीति तथा कार्यक्रममा :

संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्शा सार्वजनिक गर्ने घोषणा गर्नु भएको हो ।

उक्त क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो,‘तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्शा जारी गरिनेछ ।’

के थियो मन्त्रीको अन्तर्वातामा :
मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा ईतिहास देखि नै नेपालको नक्सामा नभएको र कालापानी तथा लिपुलेक सहितको नक्सा प्रचलनमा रहेको बताउनु भएको थियो । सरकार लिम्पियाधुरा सहितको नक्सा ल्याउने तयारीमा रहेको भन्ने थियो ।

झण्डै १० मिनेटको उक्त अन्तरवार्तामा बहस र छलफलबाट बिबाद टुङग्याउने प्रयासमा सरकार रहेको तर भारतले बल मिच्याई गरेको भन्ने थियो । बार्ताबाट टुङग्याने आफूहरुको मनसाय रहेको उहाँको भनाई थियो ।अन्तरवार्तामा बिगतका सरकारको कुरा देखि थुप्रै बिषयमा चर्चा गरिएको छ ।

बिबादको बिषय र नीति तथा कार्यक्रमसँग तुलना :
मन्त्री अर्यालकाे ‘लिम्पियाधुरा ईतिहास देखि नै नरहेको’ भन्ने भनाईलाई बिबादको बिषय बनाईएको थियो । शुक्रवार राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम समावेश गर्ने क्रममा उक्त क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने र छुटेको भूमी समावेश गरेर नक्सा सार्वजनिक गरिने भन्ने उल्लेख गर्नु भएको थियो । जसलाई मन्त्री अर्यालले लिम्पियाधुरा लामो समय देखि नेपालको नक्सामा नभएको भन्ने अन्तरवार्ताका क्रममा भनेको भनाईलाई पुष्ट्याई गरेको बुझन सकिन्छ । मन्त्री अर्यालको स्टाटस पनि यस तर्फ नै ईगित भएको हुनु पर्दछ ।

Facebook Comments Box
TOP