राष्ट्रियता जोगाऔं, कोरोनाबाट बचौं,बचाऔं!!

अर्जुन प्रकाश अर्याल :
बर्तमान परिस्थिति र नेपालको अवस्था र बर्तमान सरकारको कार्यशैली दिनानुदिन अलोकप्रियका साथै असान्दर्भिक रहदै आएको छ,कोभिड १९ को लागी रोकथाम गर्न नेपाल सरकारलाइ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायत नेपालका सबै राष्ट्रिय दल र नेपालका हरेक नागरिकले पुर्ण रुपले सहयोग गरिरहेको अवस्था सबै नेपाली नागरिकमा घाम झै छर्लङ्ग छ यसै महिनाको केहि दिन अगाडी मात्र जुन नियत ले सम्माननिय प्रधानमन्त्री ज्यु ले अध्यादेश, रास्ट्रपति ज्यु समक्ष पेश गर्नु भयो तर नियोजित रुपमा एकाधिकार कायम गर्ने मनशायले ल्याएको अत्यादेश कुनै बिज्ञ वा सर्वपक्षीय छलफल विना रास्ट्रपति ज्यु ले लालमोहर लगाइदिनु भयो ,जुन अध्यादेश लोकतन्त्र प्रजातन्त्र को मर्म र भावना विपरीत थियो ,

तसर्थ नेपालमा स्थापित सबै राजनैतिक दल र आम नागरिक तथा स्वय सत्तारुढ दलका नेता तथा कर्याकर्ता ले समेत घोर निन्दा एबम भत्सर्ना गरे अन्तत:सम्माननिय प्रधानमन्त्री ज्यु घुडा टेक्न बाध्य हुनु पर्यो र फिर्ता गर्नुभयो यहि बिचमा साम्सद अपहरण काण्ड पनि सर्वत्र आलोचित बन्यो कि सरकार सँग नजिक रहेका साम्सद र नेपाल प्रहरी का उच्च तहबाट निबृत्त प्रहरी समेत स्यम प्रधानमन्त्री ज्यु को निर्देशनमा गरिएको भन्ने आम नेपालीले बुजेकै कुरा रह्यो कि जतिनै निन्दा गरेपनी कमै हुन्छ

राजनैतिक दल फुटाउने र संबैधानिक अङ्गहरुमा नितान्त आफ्ना आसेपासे हरुलाइ नियुक्त गर्ने प्रपन्च बाट रचित योजनामा असफल त हुनुभयो तर सत्ता संचालन गर्ने नेतृत्वको सोच र आचरण मा पनि बदलिनु अत्यावश्यक छ !

लामो संघर्ष र धेरै नागरिकले शाहदत प्राप्त गरि रगत र पसिना बगाएर आएको लोकतन्त्र र निकै रस्साकस्सी पछि तत्कालीन नेपाली काङ्ग्रेस का सभापति तत्कालीन प्रधानमन्त्री श्रद्देय शुशिल कोइराला ज्यु को नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन गर्न नेपालका सबै राजनैतिक दल र हरेक नागरिकको उतिकै कर्तव्य र दायित्व हुन्छ !

तिन तहको निर्वाचन सम्पन्न पनि नेपाली काङ्ग्रेसको नेतृत्व पार्टी सभापति तत्कालीन प्रधानमन्त्री श्रदेय शेरबहादुर देउवा ज्यु को कार्यकालमा सम्पन्न भयो र बर्तमान सरकार गठन भएको कुरा हामी सबैलाइ सर्बबिदितै छ बर्तमान सरकार का प्रधानमन्त्री ज्यु रास्टृयताको खोक्रो नारा घन्काएर सत्तासिन हुन सफल त हुनुभयो तर रास्टृयता कहा छ अहिले???

आम जनताको चासोको विषय बनेको छ। कालापानी लिपुलेक लिम्पियाधुरा मा भारतले सडक निर्माण गर्दा समेत तेस्को तत्काल कुटनैतिक पहल गरेर यो सिमा बिबाद समाधान गर्नुको सट्टा नेपाल सरकारका माननीय भुमी ब्यबस्था मन्त्री ज्युले लिम्पियाधुरा नेपालको नक्सामा नरहेको भन्ने अबिब्यक्ती दिनु कतिसम्म लाचारीपन र लम्पसारबाद हो ???

कालापानी लिपुलेक , लिम्पियाधुरा नेपालको नै हो भन्ने र नापी नै गर्ने ब्यक्ती भैरब रिसाल ज्युको भनाइ बाट प्रष्ट हुदैन र ??

प्रधानमन्त्री ज्यु कोरोना भाइरसको नियन्त्रणमा नेपालका सबै राजनैतिक दल र आम नागरिकले सहयोग गरे जस्तै यो सिमा बिबाद को सवालमा पनि एकजुट भएर सहयोग गर्न तयार छन तसर्थ छाती चौडा बनाएर कुटनैतिक पहल र आफना समकक्षी सङ सम्बाद गर्ने आट गर्नुहोस ।

नेपाली जनता र सबै राज्नैतिक दल साथ दिन तयार छन। नेपाल सरकार अबिभावक हो हिम्म्त गर्नुहोस र नेपालको नक्सा तत्काल सार्बजनिक गर्नुहोस बल्ल देखिने छ रास्टृयता । अन्य जति सुकै अलोकपृय कार्यगरे पनि यो झन गम्भिर बिसय हो अगाडी बढ्नुहोस नेपाली जनता साथ मा हुनेछन।

(लेखक अर्याल नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्वर २ क का सभापति हुनुहुन्छ ।)

Facebook Comments Box
TOP