वालिङले एसईई दिने विद्यार्थीलाई लक्षित गर्दै आजबाट वालिङ टेलिभिजन मार्फत पढाउने
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइइ दिने तयारीमा रहेका विद्यार्थीहरुको लागि आजबाट विशेष कक्षा शुरु गर्ने भएको छ । कोभिड १९ कोरोना भाईरसका कारण परीक्षा दिन नपाएका आफ्ना नगरपालिका भित्र रहेका विद्यार्थीहरुको लागि नगरपालिकाले टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने भएको हो ।
परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले पढेका कुराहरु बिर्सन सक्ने भन्दै नगरपालिकाले पुनर्ताजकीका लागि आज बिहिबार साँझ ६ बाट वालिङ टेलिभिजन एचडि मार्फत पढाउन लागिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।
कोभिड १९ को संक्रमण रोकथामको लागि नेपालमा गरिएको लक डाउन लम्बिदै गएपछि नगरले विद्यार्थीहरुको पढाईमा कुनै असर नपारोस भन्ने लक्ष्य राखेर टेलिभिजनबाट विशेष कक्षा सञ्चालन गर्न प्रमुख खाँणले बताउनु भयो ।
पहिलो पटक सुरु गर्न लागिएको विशेष कक्षाले आगामी दिनमा समेत स्मार्ट तरीकाबाट पढाउन थप सहयोग पुग्ने नगरप्रमुख खाँणको विश्वास छ । आज साँझदेखि सञ्चालन हुने कक्षामा गणित, अंग्रेजी र विज्ञान विषयको पढाई हुने छ कक्षा सञ्चालनको लागि वालिङ टेलिभिजनले समायोजन गर्ने नगरपालिकाले जनाएको छ ।
कक्षामा सहभागिता जनाउन र आफ्नो प्रश्न राख्नको लागि विद्यार्थीहरुले सजिलै सक्ने व्यवस्था मिलाईएको बताईएको छ ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


