वालिङ : कोभिड-१९ राहत कोषमा साढे एघार लाख संकलन
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा साढे एघार लाख संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन विताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषका शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी ११ लाख ५० हजार ८ सय ११ संकलन भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
शुक्रबार साँझसम्म १० लाख ७६ हजार ८ सय ११ नगद तथा ७४ हजार बराबरको खाद्यान्न गरी कूल ११ लाख ५० हजार ८ सय ११ संकलन भएको नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा बैंक तथा कार्यालयमा उपस्थित भएर नगद सहयोग गर्नेहरुमा शुक्रबारमात्रै वालिङस्थित ५४ वटा सहकारी संस्थाहरुबाट ३ लाख ४९ हजार ९ सय १९, वालिङस्थित संस्थागत विद्यालयका प्रिन्सीपलहरुबाट १ लाख, वालिङ ८ वीपी चोक निवासी नारायणप्रसाद शर्मा पंगेनीबाट ५० हजार, तमु सेवा समाज समिति वालिङबाट २० हजार ५ सय ५५, नेपाल मगर संघ वालिङबाट २० हजार, भूपू सैनिक बोर्डिङ स्कूल वालिङबाट २० हजार, सक्षम महिला विकास समिति वालिङबाट २० हजार १ सय १५, वालिङ ८ निवासी हिमबहादुर विश्वकर्माबाट १० हजार एकसय, तरकारी तथा फलफूल ब्यवसायी बुधमान गुरुङबाट ५ हजार ५ सय सहयोग प्राप्त भएको नगर प्रमुख खाँणले बताउनुभयो ।
संघ संस्था तथा ब्यक्तिले आँफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने संभावना हुने र कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


