कोभिड-१९ राहत कोषमा ३० लाख १३ हजार संकलन

वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा आईतबार साँझसम्म ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा आईतबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा वालिङ ६ वडा सदस्य खेमबहादुर अर्याल क्षेत्रीबाट ५ हजार १ सय, थानपाटा आमा समूह वालिङ १३ बाट १३ हजार १ सय, आजाद बहुउद्देश्यीय सहकारी संस्था वालिङ १४ बाट ५ हजार १ सय, पार्वती पंगेनी, कृष्णप्रसाद पंगेनी, रजिब पराजुली र राधिका पंगेनी वालिङ ९ भुम्रेबाट ६१ हजार गरी आईतबार साँझसम्ममा रु. ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको राहत कोषमा हालसम्म नगद २३ लाख, २५ हजार ४ सय ९९ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…