कोभिड १९ राहत कोषमा २८ लाख ३५ हजार संकलन

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा सोमबार साँझसम्म २८ लाख ३५ हजार ९ सय ७४ संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा सोमबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. २८ लाख ३५ हजार ९ सय ७४ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा पछिल्लो पतंजलि आयुर्वेद केन्द्र नेपालबाट ५ लाख ४० हजार बराबरको खाद्यान्न तथा साबुन, थुमपोखरा महिला कृषि सहकारी संस्था वालिङ १३ बाट ११ हजार ५, खत्रीखोला टोल विकास संस्था वालिङ १ बाट १० हजार ५ सय २०, खाल्टेखोला बनपाले सामुदायिक बन उपभोक्ता समूह वालिङ ११ बाट १२ हजार २ सय, सिद्धबाबा आमा समूह वालिङ ९ भुम्रेबाट १० हजार, रुद्ध्रनारायण देबकुमारी श्रेष्ठ वालिङ ९ भुम्रेबाट १० हजार, विष्णु श्रेष्ठ वालिङ ९ भुम्रेबाट १० हजार, अर्जुन शर्मा वालिङ १२ हाल कतारबाट २० हजार, आत्मज्ञान प्रचार संघ वालिङबाट ५० हजार, दुर्गाबहादुर कुँवर, रेशम कुँवर, गुमबहादुर कुँवरबाट ३० हजार ५० गरी आईतबार र सोमबार कूल ७ लाख ३ हजार ७ सय ७५ संकलन भएको हो ।
नगरपालिकाको राहत कोषमा हालसम्म नगद २१ लाख, ४७ हजार ९ सय ७४ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. २८ लाख ३५ हजार ९ सय ७४ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…