वालिङ नगरपालिकाद्धारा झण्डै तीन हजार नागरिकलाई राहत वितरण
तोलाकान्त बगाले /वालिङ :
वालिङ नगरपालिकाले शनिबारसम्म झण्डै तीन हजार जना नागरिकलाई राहत उपलब्ध गराएको छ । कोरोना भाईरस संक्रमणका कारण सरकारले लकडाउन गरेपछि समस्यामा परेका दुई हजार ९ सय ५८ जना नागरिकलाई राहतस्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।
नगरका १४ वटै वडाबाट अति विपन्नहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले नगर कार्यपालिकामा पठाएपछि नगरपालिकाले वडा÷वडालाई परिवार संख्याका आधारमा खाद्यान्नको कुपन उपलब्ध गराएर वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
नगरपालिकाले वडालाई उपलब्ध गराएको कुपन वडाले फेरि अति विपन्नहरुलाई वितरण गरेसँगै राहत पाउनेहरुले आँफूलाई पायक पर्ने पसलबाट खाद्यान्न लिएका हुन् ।
राहत वितरण प्रक्रियालाई पारदर्शी, प्रभावकारी, विश्वसनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यले ‘कुपन सिस्टम’ द्वारा राहत वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
वडाले सिफारिस गरेका परिवार संख्यालाई राहत वितरणका लागि तोकिएको मापदण्ड अनुसारका खाद्यान्नहरु समावेश गरी १५ दिनलाई उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो । एकल, दुई जना, चार जना र चार जनाभन्दा माथिको सदस्य संख्याका आधारमा चार तहमा परिवारको बर्गीकरण गरी राहतस्वरुप कुपन उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाले प्याकेज १ (एकजना मात्रै भएको) मा १४ वटै वडामा दुई सय ६९ जना, प्याकेज २ (दुई जनाको परिवार) तीनसय ६३ जना, प्याकेज ३ (चार जनासम्मको परिवार) एकहजार ३ सय ९१ जना र प्याकेज ४ मा (चार जनाभन्दा माथि संख्या भएको परिवार) नौ सय ३५ जनालाई राहत वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
नगर प्रमुख खाँणका अनुसार वडा नं. १ मा कूल एकसय ९३ जना, २ मा तीनसय ३९ जना, ३ मा एकसय ३ जना, ४ मा एकसय ३५ जना, ५ मा एकसय ५ जना, ६ मा एकसय ७२ जना, ७ मा एकसय ३३ जना, ८ मा तीनसय ४४ जना, ९ मा तीनसय २९ जना, १० मा दुईसय ११ जना, ११ मा दुईसय १० जना, १२ मा एकसय २८ जना, १३ मा एकसय ७५ जना र वडा नं. १४ मा तीनसय ८१ जना गरी कूल दुई हजार ९ सय ५८ जनालाई १५ दिनलाई पुग्नेगरी राहत उपलब्ध गराईएको हो । नगरपालिकाले चामल, दाल, तेल, नुन, साबुन र बन्दा गोपी राहतस्वरुप उपलब्ध गराएको हो ।
नगरपालिकाले प्याकेज १ अन्तर्गत रु. चारसय ५६ बराबर मूल्य बराबरको खाद्यान्न एकलाख २२ हजार ६ सय ६४, प्याकेज २ अन्तर्गत रु. छ सय २१ को खाद्यान्न दुई लाख २५ हजार ४ सय २३, प्याकेज ३ मा रु. एक हजार ८१ को रु. पन्ध्र लाख ३ हजार ६ सय ७१ र प्याकेज ४ मा रु. एघार लाख ६५ हजार १० गरी कूल रु. तीस लाख १६ हजार ७ सय ६८ बराबर मूल्यको राहत वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले राहतस्वरुप हालसम्म ३५ हजार ७ सय २५ केजी चामल, ४ हजार ५ सय ८८ केजी दाल, २ हजार ६ सय ४२ लिटर तेल, २ हजार ९ सय ५८ केजी नुन, २ हजार ९ सय ५८ थान साबुन तथा २ केजीका दरले बन्दा गोपी उपलब्ध गराएको छ ।
हालसम्म रु. उन्नाईस लाख ६४ हजार ८ सय ७५ को चामल, रु. पाँच लाख ४ हजार ७ सय ३५ को दाल, रु. तीन लाख ९६ हजार ३ सय मूल्यको तेल, रु. ६२ हजार १ सय १८ को नुन, रु. ८८ हजार ७ सय ४० को साबुन अति विपन्नहरुलाई राहतस्वरुप उपलब्ध गराईएको वालिङ नगरपालिकाले जनाएको छ ।
राहत वितरण गर्दा घरबास नभएको, घर परिवारमा कुनैपनि सदस्यको जागिर नभएकोलाई पहिलो प्राथमिकतामा राखिएको थियो भने घर भएको, घर भाडामा नलगाएको, जग्गा जमिन नभएको र परिवारको कुनैपनि सदस्य रोजगारी नभएको, दैनिक ज्यालादारीमा कम गरी खाने परिवार वा ब्यक्तिलाई दोस्रो प्राथमिकतामा राखेर राहत वितरण गरिएको वालिङ उप प्रमुख कल्पना तिवारीले बताउनुभयो ।
राहत प्याकेजमा समावेश गरिएको खाद्यान्नको परिमाण र दरभाउ पनि नगरभित्रका सबै पसलमा एउटै बनाईएको थियो । चामल सामा राम्रो प्रतिकेजी रु. ५५, अडहर दाल प्रतिकेजी रु. एकसय ४०, मुसुरो दाल प्रतिकेजी एकसय १०, भट्टमास तेल प्रतिलिटर रु एकसय ५०, आयो नुन प्रतिकेजी रु. २१ र साबुन प्रतिगोटा रु. ३० निर्धारण गरिएको उपप्रमुख तिवारीले बताउनुभयो ।
।
नगरपालिकाले नगरभित्रका विभिन्न वडामा ब्यावसायिकरुपमा उत्पादन गरेका ताजा हरियो तरकारीहरु बन्दा, काउली, केराउ लगायतका तरकारीहरु पनि राहत प्याकेजमा समावेश गरिदिएकाले ब्यवसायिकरुपमा उत्पादन भएको तरकारीले राम्रो बजार प्राप्त गरेको छ ।
यसैबीच वालिङ नगरापालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा शनिबारसम्म कूल २९ लाख ४७ हजार ३ सय ९९ संकलन भएको छ । जसमा २२ लाख ५९ हजार ३ सय ९९ नगद र ६ लाख ८८ हजार बराबरको खाद्यान्न तथा साबुन वालिङ नगरपालिकालाई सहयोगस्वरुप प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताउनुभयो ।
वालिङ नगरपालिकाले लकडाउनका कारण सिद्धार्थ राजमार्ग हुँदै लामो दूरीका पैदल यात्रुहरुलाई दैनिकजसो खाना खुवाउने गर्दै आएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …