कोभिड १९ राहत कोषमा २९ लाख २९ हजार संकलन

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा बिहीबारसम्म २९ लाख २९ हजार १ सय ९९ संकलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा बिहीबारसम्म नगद तथा खाद्यान्न गरी रु. २९ लाख २९ हजार १ सय ९९ संकलन भएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

.

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा पछिल्लो पतंजलि आयुर्वेद केन्द्र नेपालबाट ५ लाख ४० हजार बराबरको खाद्यान्न तथा साबुन, थुमपोखरा महिला कृषि सहकारी संस्था वालिङ १३ बाट ११ हजार ५, खत्रीखोला टोल विकास संस्था वालिङ १ बाट १० हजार ५ सय २०, खाल्टेखोला बनपाले सामुदायिक बन उपभोक्ता समूह वालिङ ११ बाट १२ हजार २ सय, सिद्धबाबा आमा समूह वालिङ ९ भुम्रेबाट १० हजार, रुद्ध्रनारायण देबकुमारी श्रेष्ठ वालिङ ९ भुम्रेबाट १० हजार, विष्णु श्रेष्ठ वालिङ ९ भुम्रेबाट १० हजार, अर्जुन शर्मा वालिङ १२ हाल कतारबाट २० हजार, आत्मज्ञान प्रचार संघ वालिङबाट ५० हजार, दुर्गाबहादुर कुँवर, रेशम कुँवर, गुमबहादुर कुँवरबाट ३० हजार ५०, वालिङ १ फूलबारी टोल विकास संस्था धरमपानीबाट ११ हजार, वालिङ ८ कडेलगाउँ निवासी छायाँचन्द्र कडेल र कुमा कडेलबाट २० हजार १ सय २५, वालिङ ८ कटौंजे कृष्णप्रसाद तिवारी तथा लक्ष्मी तिवारीबाट ११ हजार १ सय, वालिङ ८ निवासी विनोद श्रेष्ठबाट ५१ हजार संकलन भएको छ ।

नगरपालिकाको राहत कोषमा हालसम्म नगद २२ लाख, ४१ हजार १ सय ९९ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. २९ लाख २९ हजार १ सय ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

Facebook Comments Box
TOP