वालिङले गर्यो खाद्यान्नको दरभाउ निर्धारण, कुन सामानको मुल्य कति?
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले दैनिक उपभोग्य बस्तुको दरभाउ निर्धारण गरेको छ । कोरोना भाईरस (कोभिड १९) संक्रमण हुन नदिन गरिएको लकडाउनको समयमा वालिङ नगरभित्रका खाद्यान्न पसलहरुमा दैनिक उपभोग्य बस्तुको दरभाउ एउटै बनाउने उद्देश्यले वालिङ नगरपालिकाको पहलमा वालिङ उद्योग वाणिज्य संघ र ब्यावसायीहरुको संयुक्त बैठकले खाद्यान्नको दरभाउ निर्धारण गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नगरपालिकाका प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत एउटै दरभाउमा उपलब्ध गराउन सकियोस् भनेर सामूहिक छलफलबाट दरभाउ निर्धारण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
.
कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिको ब्यवस्था मिलाईने छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “दैनिक अत्यावश्यक वस्तुको कालोबजारी, अनुचित मूल्य बृद्धि, मिसावट तथा गुणस्तरहिन मालसामन बिक्री वितरण गर्ने कार्यलाई निरुत्साहित गरिने छ ।”
संयुक्त बैठकले चामल सामा राम्रो प्रतिकेजी रु. ५५, अडहर दाल प्रतिकेजी रु. एकसय ४०, मुसुरो दाल प्रतिकेजी एकसय १०, भट्टमास तेल प्रतिलिटर रु एकसय ५०, आयो नुन प्रतिकेजी रु. २१ र साबुन लाईफबाँय प्रतिगोटा रु. ३० निर्धारण गरिएको हो ।
दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका समयमा तोकिएको दूरी कायम गर्नुपर्ने पनि निर्णय गरेको छ ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …