वालिङ : कोभिड १९ राहत कोषमा झण्डै पन्ध्र लाख संकलन
तोलाकान्त बगाले/वालिङ:
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा झण्डै पन्ध्र लाख संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा आईतबार साँझसम्म नगद तथा खाद्यान्न गरी झण्डै पन्ध्र लाख संकलन भएको हो ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा आईतबार मात्रै वालिङ उद्योग वाणिज्य संघबाट दुई लाख २२ हजार २२२, बहुउद्देश्यीय समाज सुधार आमा समूह वालिङबाट ७५ हजार १३५, भुम्रे नेवा समाज भुम्रेबाट १९ हजार १५७, वालिङ १४ छोरेखर्कमा रहेको सगरमाथा युवाक्लबबाट ११ हजार ६०० र वालिङ १० मदिखोलाका हिमनिधी पंगेनीबाट ५ हजार १६० गरी कूल तीन लाख ३३ हजार २७४ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


