लकडाउनका बीच वालिङमा बृहत रक्तदान कार्यक्रम हुने
आँधीखोला खबर :
कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन भईरहेको अवस्थामा रगतको अभाव भएको खवर आएको भन्दै वालिङमा बृहत रक्तदान कार्यक्रम गरिने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी,नगरपालिका तथा बिभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रम हुन लागेको हो । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजना हुने रक्तदान कार्यक्रममा सहभागिता जनाई अमुल्य रक्तदान गरिदिन कार्यक्रम संयोजक एवं रेडक्रस उपशाखा पेखुबाख्खोरका सभापति बिष्णु प्रताप खाँणले आग्रह गर्नुभयो ।
कोरोना भाइरस कोभिड १९ को माहामारीका कारण नेपालमा मात्र नभई बिश्वभर रगत को अति संकट भएको बेलामा मानव जीवनको रक्षाका लागि लकडाउन जस्तो बिषम परिस्थितिमा पनि सरकारको मापदण्ड अनुसारको सामाजिक दुरी कायम गरी कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएकाछन् ।
पर्सी १७ गते बुधवार बिहान ९ बजेबाट वालिङ नगरपालिकाको परिसरमा रक्तदान कार्यक्रम शुरु हुने संयोजक खाँणले बताउनु भयो ।
रक्तदान कार्यक्रममा वालिङ नगरपालिका, वालिङ उद्योग बाणिज्य संघ,नेपाल रेडक्रस सोसाईटीका नगरपालिका स्थीत सबै ११ वटै उपशाखा, पतञ्जली योगपीठ, लायन्स क्लव अफ वालिङ सिटि, वालिङ जेसीज, रोटरी क्लव अफ वालिङ,बोलबम समिति, लियो क्लव अफ वालिङ सिटि,अटो ईन्जिनियरिङ समिति,राधामाधव समिति, गोलोबल अफसेट प्रेस लगायतले सहयोग र समन्वय गरिरहका रक्तदान कार्यक्रम समन्वय समितिका सचिव दिपक लम्सालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


