राहत कोषमा आर्थिक सहयोग गर्दै वालिङ उद्योग वाणिज्य संघले भन्यो, ‘प्रशस्त खाद्यान्न स्टक छ’
वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा वालिङ उद्योग वाणिज्य संघले दुई लाख बढी आर्थिक सहयोग गरेको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा आईतबार वालिङ उद्योग वाणिज्य संघले रु. दुई लाख बाईस हजार २२२ को चेक हस्तान्तरण गरेको हो ।
वालिङ नगरपालिकाले राहत वितरण कार्यलाई आँफुखुशी वितरणमा रोक लगाउँदै एकद्वार प्रणालीबाट वितरण गर्ने कार्यलाई कार्यान्वयन गरेसँगै विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले नगरपालिकाको राहत कोषमा रकम जम्मा गरेका नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
अहिलेको विषम परिस्थतिमा आउन सक्ने परिस्थितिसँग जुध्नका लागि संस्थामार्फत नगद सहयोग गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो ।
“संस्थामार्फत नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेका छौं” संस्थाका अध्यक्ष पौडेलले भन्नुभयो, “आगामी दिनमा पनि नगरपालिकासँगै सहकार्य गर्दै अगाडि बढ्ने र आवश्यक परेको खण्डमा क्वारेन्टाईन तथा आईसोलेशन सेन्टर बनाउनका लागि सिटीहल उपलब्ध गराउने निर्णय गरेका छौं ।”
अध्यक्ष पौडेलले आफुहरुसँग प्रशस्त खाद्यान्न भएको बताउनु भयो । उहाँले भन्नुभयो, दुई महिना भन्दा बढिलाई पुग्ने खाद्यान्न स्टक छ ।
यता संकलन भएको र प्रदेशबाट आएको रकममा नगरपालिकाबाट पनि थप गरी राहत वितरण गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताउनुभयो । नगरपालिकामार्फत राहत वितरण गर्नका लागि गण्डकी प्रदेश सरकारबाट दश लाख प्राप्त भएको अधिकृत सापकोटाले बताउनुभयो । राहत संकलन कार्यलाई अझै केही दिन जारी राख्ने नगरपालिकाले जनाएको छ ।
संघ संस्था तथा ब्यक्तिले आँफूखुशी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाएको छ ।
.
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…