कोरोना रोकथामका लागि गण्डकी प्रदेशसँग समन्वयको जिम्मा मन्त्री अर्याललाई
आँधीखोला खबर/स्याङ्जा :
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेशसँग समन्वयको जिम्मा भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई दिईएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि ब्यवस्थित बनाउन मन्त्री अर्याललाई गण्डकी प्रदेशको नेपाल सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको हो ।
स्याङ्जा क्षेत्र नम्वर २ की सांसद समेत रहनुभएकी मन्त्री अर्याललाई जिम्मेवारी तोकिएको नेपाल सरकारका प्रवक्ता युवराज खतिवाडाले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …