बाटोको बिषयमा फेसवुकमा कमेन्ट गर्दा नेविसंघका नेता पक्राउ ।

खगेन्द्र भण्डारी/स्याङ्जा :
फेसबुकको स्टाटसमा सामान्य कमेन्ट गरेको आधारमा नेपाल विद्यार्थी संघ स्याङ्जाका जिल्ला सदस्य बिराज मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान स्याङ्जाको हरिनास ६ को आफ्नै घरमा बसिरहेको बेलामा मानन्धरलाई पक्राउ गरिएको नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानिय ग्रामीण सडक निर्माणको बिषयलाई लिएर हिजो सोही ठाउका स्थानियको फेसबुक स्टाटसमा बिराजले कमेन्ट गरको बताईएको छ ।
फेसबुक कमेन्ट गरेको हुदा बिराजलाई पक्राउ गरेको जानकारी प्राप्त भएको सभापति क्षेत्रीले बताउनु भयो ।कमेन्ट गरेकै भरमा पक्राउ गरिएको भन्दै तत्काल उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ अन्यथा आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनु पर्ने संघको चेतावनी छ ।
यता जिल्ला प्रहरी कार्यालयले बिराजलाई नियन्त्रणमा लिएको जनाएको छ । यसवारे छलफल भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी बिमलराज कँणेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…