बाटोको बिषयमा फेसवुकमा कमेन्ट गर्दा नेविसंघका नेता पक्राउ ।
खगेन्द्र भण्डारी/स्याङ्जा :
फेसबुकको स्टाटसमा सामान्य कमेन्ट गरेको आधारमा नेपाल विद्यार्थी संघ स्याङ्जाका जिल्ला सदस्य बिराज मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान स्याङ्जाको हरिनास ६ को आफ्नै घरमा बसिरहेको बेलामा मानन्धरलाई पक्राउ गरिएको नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानिय ग्रामीण सडक निर्माणको बिषयलाई लिएर हिजो सोही ठाउका स्थानियको फेसबुक स्टाटसमा बिराजले कमेन्ट गरको बताईएको छ ।
फेसबुक कमेन्ट गरेको हुदा बिराजलाई पक्राउ गरेको जानकारी प्राप्त भएको सभापति क्षेत्रीले बताउनु भयो ।कमेन्ट गरेकै भरमा पक्राउ गरिएको भन्दै तत्काल उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ अन्यथा आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनु पर्ने संघको चेतावनी छ ।
यता जिल्ला प्रहरी कार्यालयले बिराजलाई नियन्त्रणमा लिएको जनाएको छ । यसवारे छलफल भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी बिमलराज कँणेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


