कोरोना परिक्षणको शुरुवात पछि धन्यवाद दिदै नेता श्रेष्ठले भने अव दायरा बढाउनु पर्छ ।

आँधीखोला खबर/स्याङ्जा :
नेपाली काँग्रेसका युवा नेता गण्डकी प्रदेश सभाका कांग्रेस ससंदीय दलका उपनेता मेखलाल श्रेष्ठले कोरोना परिक्षणको दायर बढाउन माग गर्नु भएको छ । बिश्वमा नै माहामारीको रुप लिईरहेको कोरोनाको परिक्षण गण्डकी प्रदेशमा नै गर्नु पर्छ भन्ने आफूहरुको माग पुरा भएको भन्दै मुख्यमन्त्री गुरुङलाई संसदीय दलको तर्फबाट धन्यवाद समेत दिनुभयो ।
विश्वमा नै माहामारीको रुप लिईरहेको कोरोनाका दुई जना बिरामी गण्डकी प्रदेशमा भेटिएको भन्दै नेता श्रेष्ठले परिक्षणलाई व्यापक गराउन प्रदेश सरकारलाई आग्रह गर्नुभएको हो । जनताको हित र स्वास्थ्यका लागि कांग्रेस संसदीय दलको सदैव साथ र सहयोग रहने भन्दै नेता श्रेष्ठले सरकारलाई जनताको स्वास्थ्य प्रति ध्यान दिन सुझाव दिनुभयो । जति धेरै परिक्षण गर्यो उती जनतामा शान्ति छाउने श्रेष्ठको भनाई छ ।
भारतको दिल्लीमा भएको मुस्लिम भेलामा सहभागी भएर आएका गण्डकी प्रदेशका नागरिकहरुको खोजी गरी क्वारेन्टाईनमा राख्न माग पनि गर्नु भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…