नयाँ वर्षको शुभकामनामा पूर्वराजाले भने, ‘कसैलाई निषेध महाभूल’

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गर्दै विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरुको सामना गर्न सबै शक्तिहरुबीच एकता अपरिहार्य रहेको बताएका छन्।
उनले आइतबार एक विज्ञप्ति जारी गर्दै कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई स्वीकार गर्दै राष्ट्रिय भाव र एकताको प्रवलीकरणको मार्ग स्पष्ट गर्न नसक्ने हो भने इतिहासमा महाभूल हुने भन्दै वर्तमान राज्यसत्तालाई चेतावनी पनि दिएका छन्।
वैदिक सनातन संस्कृति र जीवन पद्धति नै वैज्ञानिक रहेको विश्वले नै स्वीकार गरेकाले मौलिक सनातनी सभ्यताको पुनर्जागरण वर्तमानको आवश्यकता बनेको उल्लेख गर्दै पूर्वराजाले यही जगमा समाजका व्यवस्थाका जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता लिनुपर्ने औँल्याएका छन्।
नयाँ वर्षमा कोरोना भाइरसको यो महामारीको अवस्थामा मानवीय तथा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नयाँ इतिहास रच्ने सफलता सबै नेपालीलाई प्राप्त होस् भनी शुभकामना व्यक्त गरेका छन्।
पूर्वराजाको विज्ञप्ति:

समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…