कलाकार घनश्याम रिजाललाई पितृ शोक ।

आँधीखोला खबर/स्याङ्जा :
लोकदोहोरी प्रतिष्ठानका पूर्ब केन्द्रीय सदस्य,लोकदोहोरी गायक तथा सर्जक घनश्याम रिजाललाई पितृशोक परेको छ । कलाकार रिजालका वुवा खेमनारायण रिजालको आज ७८ बर्षको उमेरमा निधन भएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ४ केरावारीमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो । त्यस्तो कुनै समस्या नभएका खेमनारायण आज बिहान नौं बजे तिर घरमा नै बसिरहेको बेलामा ज्यान गएको हो । स्वर्गीय खेमनाराणको आजै रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने बताईएको छ ।
स्याङ्जा स्रष्टा समाजका महासचिव तथा लोक दोहोरी प्रतिष्ठान स्याङ्जाका सल्लाहकार घनश्याम रिजालका वुवाको निधन प्रति बिभिन्न संघसंस्था,कलाकार लगायतले समवेदना प्रकट गरेका छन् । स्वर्गीय खेमनारायणका श्रीमती, तीन छोरा र एक छोरी रहेकाछन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP