कोभिड १९ राहत कोषमा ३१ लाख संकलन
वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ राहत संकलन हुने क्रमले तिब्रता पाएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा मंगलबारमात्रै २० हजार १ सय ११ नगद थप भएको छ ।
थप भएको रकमसँगै हालसम्म राहत कोषमा नगद तथा खाद्यान्न गरी रु. ३० लाख ९९ हजार ७ सय २१ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा मंगलबार वालिङ ६ निवासी बेदप्रसाद अर्यालबाट १० हजार १ सय ११, वालिङ १ निवासी महेश काफ्लेबाट १० हजार गरी कूल २० हजार १ सय ११ नगद संकलन भएको हो ।
नगरपालिकाको राहत कोषमा हालसम्म नगद २४ लाख, ११ हजार ७ सय २१ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३० लाख ९९ हजार ७ सय २१ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


