वडा कार्यालयद्वारा खेलाडिलाई सम्मान ।
आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकाको प्रायोजन र वालिङ खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको दोस्रो मेयर कप पुरुष तथा प्रथम उपमेयर कप अन्तर वडास्तरीय महिला भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम स्थान हात पार्न सफल खेलाडीलाई वालिङ नगरपालिका ८ नं. वडा कार्यालयले आज सम्मान गरेको छ । खेलाडीहरुलाई सम्मान गर्दै वडा अध्यक्ष कमल प्रसाद सुवेदीले खेलाडीहरुको क्षमता विकासमा आफू सधै सकारात्मक रहेको बताउनुभयो । उहाँले खेलाडीहरुको लागि आवश्यक खेलकुद सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सचिव प्रेम नारायण सुवेदी र वालिङ खेलकुद विकास समितिका सदस्य केशभक्त गुरुङले खेलाडी देशकै गहना भएको बताउनुभयो । विजयी खेलाडीहरुले आजै वडालाई शिल्ड हस्तान्तरण समेत गरेका छन् । शिल्ड हस्तान्तरण गर्दै खेलाडीहरुलाई खेलमैदान व्यवस्थापन र खेलकुद सामग्री आवश्यक रहेकाले त्यसतर्फ नगरले ध्यान दिनुपर्ने बताएका छन् ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


