वडा कार्यालयद्वारा खेलाडिलाई सम्मान ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकाको प्रायोजन र वालिङ खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको दोस्रो मेयर कप पुरुष तथा प्रथम उपमेयर कप अन्तर वडास्तरीय महिला भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम स्थान हात पार्न सफल खेलाडीलाई वालिङ नगरपालिका ८ नं. वडा कार्यालयले आज सम्मान गरेको छ । खेलाडीहरुलाई सम्मान गर्दै वडा अध्यक्ष कमल प्रसाद सुवेदीले खेलाडीहरुको क्षमता विकासमा आफू सधै सकारात्मक रहेको बताउनुभयो । उहाँले खेलाडीहरुको लागि आवश्यक खेलकुद सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सचिव प्रेम नारायण सुवेदी र वालिङ खेलकुद विकास समितिका सदस्य केशभक्त गुरुङले खेलाडी देशकै गहना भएको बताउनुभयो । विजयी खेलाडीहरुले आजै वडालाई शिल्ड हस्तान्तरण समेत गरेका छन् । शिल्ड हस्तान्तरण गर्दै खेलाडीहरुलाई खेलमैदान व्यवस्थापन र खेलकुद सामग्री आवश्यक रहेकाले त्यसतर्फ नगरले ध्यान दिनुपर्ने बताएका छन् ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…