विकासका लागि सामूहिक कार्य जरुरी छ : नगर प्रमुख खाँण

वालिङ, २४ फागुन :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले विकासका लागि सामूहिक कार्य हुन जरुरी रहेको बताउनुभएको छ । वालिङ नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुका लागि सफल नेतृत्व, गुणस्तरीय सेवा, सकारात्मक सोंचको विकासमा क्षमता अभिवृद्धि तालिम शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले ब्यक्ति ब्यक्तिको सामूहिक पहल एवं सहकार्यबाट मात्रै विकासले गति लिने बताउनुभएको हो ।
“ब्यक्ति÷ब्यक्ति एक्ला एक्लैले काम गर्नभन्दा पनि सबैको सहभागितामा गर्न सकेको खण्डमा छिटो र दीगो हुन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब वालिङको विकासका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु सामूहिकरुपमा थप उर्जाका साथ अगाडि बढ्दै वालिङलाई नमूनाकोरुपमा स्थापित गर्नु छ ।”
कार्यक्रममा फरेक्टेसन नेपालका तालिम विज्ञ कमल भण्डारीले दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई दैनिक जीवन तथा कार्यस्थलमा प्रयोग गरी सुशासन कायम गर्नमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष कमलप्रसाद सुबेदीले तालिममा सिकेका सीपमार्फत आगामी दिनमा वालिङको समग्र विकासमा जोड दिने बताउनुभयो ।
नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले र स्वागत वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले गर्नुभएको थियो । आजबाट शुरु भएको तालिम भोलिसम्म चल्ने छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…