विकासका लागि सामूहिक कार्य जरुरी छ : नगर प्रमुख खाँण
वालिङ, २४ फागुन :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले विकासका लागि सामूहिक कार्य हुन जरुरी रहेको बताउनुभएको छ । वालिङ नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुका लागि सफल नेतृत्व, गुणस्तरीय सेवा, सकारात्मक सोंचको विकासमा क्षमता अभिवृद्धि तालिम शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले ब्यक्ति ब्यक्तिको सामूहिक पहल एवं सहकार्यबाट मात्रै विकासले गति लिने बताउनुभएको हो ।
“ब्यक्ति÷ब्यक्ति एक्ला एक्लैले काम गर्नभन्दा पनि सबैको सहभागितामा गर्न सकेको खण्डमा छिटो र दीगो हुन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब वालिङको विकासका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु सामूहिकरुपमा थप उर्जाका साथ अगाडि बढ्दै वालिङलाई नमूनाकोरुपमा स्थापित गर्नु छ ।”
कार्यक्रममा फरेक्टेसन नेपालका तालिम विज्ञ कमल भण्डारीले दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई दैनिक जीवन तथा कार्यस्थलमा प्रयोग गरी सुशासन कायम गर्नमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष कमलप्रसाद सुबेदीले तालिममा सिकेका सीपमार्फत आगामी दिनमा वालिङको समग्र विकासमा जोड दिने बताउनुभयो ।
नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले र स्वागत वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले गर्नुभएको थियो । आजबाट शुरु भएको तालिम भोलिसम्म चल्ने छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


