वालिङ नगरपालिकामा बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाईनमा राखिने
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
सरकारले मुलुकलाई लकडाउन गरेको आज पाँचौ दिन । एक साताका लागि गरेको लकडाउन पाँचौ दिन सम्म आईपुग्दा स्याङ्जाका प्रशासन, स्थानीय निकाय, राजनीतिकदल, सामाजिक संघसंस्थाले दैनिक चासो देखाउन थालेका छन् । विश्वलाई च्यालेन्ज गरेको कोरोना भाइरसले नेपाललाई पनि उच्च जोखिममा देखाउन थालेपछि सरकारले यसबाट बच्न र बचाउन लकडाउन गरेको हो । यसलाई मध्यनजर गर्दै वालिङ नगरपालिकाले पनि नगरभित्र रहेका सबै सरोकारवाल निकाय सगँ यसबाट सचेत रहन के के गर्नु पर्ला भन्ने विषयमा अन्र्तरक्रिया गरेको छ ।
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षता बसेको इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, शसस्त्र प्रहरी, वालिङ उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिकदलका प्रतिनिधि, नागरिक समाज, स्वास्थ्यकर्मी, संचारकर्मी, समाजसेवी लगायत सामाजिक अगुवाहरुलाई बोलाएर कोरोनाको संक्रमणलाई रोक्न के कस्ता पहलकदमी चाल्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरेको हो । नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले अहिले सम्मको अवस्था ठिक भएपनि अबका दिनका लागि अझै सचेत गराउन सबै नगरवासीलाई सचेतना फैलाउनुपर्ने सुझाव पेश गरेका थिए । अहिले सम्म वालिङ नगरपालिकामा बाहिरी देशबाट आएका ८३ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाईनमा राखिएकाको निगरानी सगै उनीहरुको सम्मानमा आच नआउने खालको काम गर्न पनि भेलाले सुझाव दिएको छ ।
चौथो कोरोना भाइरस देखिएको कैलालीलाई मध्यनजर गर्दै भेलाले अब वालिङ आउने व्याक्तिलाई क्वारेन्टाईनमा राख्न आग्रह गरिएको छ । अन्तरक्रियामा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडे, नेकपाका वालिङ नगर कमिटी सचिव रमेश अर्याल, नेपाली काँग्रेसका नगर कार्यबहाक सभापति भिमलाल सुवेदी, वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरे लगायतका बक्ताहरुले दैनिक उपभोग्य सामानको अभाव हुन नदिन, सुरक्षा कर्मी, स्वास्थ्यकमीलाई सुरक्षित सामाग्रीको उपलव्धता, शहर भन्दा ग्रामिण क्षेत्रमा जनताको असुरक्षा, सबै नागरिकलाई दुरी कम गर्ने सचेतना जस्ता बिषयमा ध्यान दिनुपर्ने लगायतका सुझावहरु आएका थिए ।
जनतालाई सुरक्षित बनाउन प्रशासनले विभिन्न उपाय अवलम्वन गरेको छ इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्माले भने,“प्रशासनले दिएको सुझावलाई जनताले कार्यन्वयन गर्नुपर्छ ।” सबै नागरिकको समस्यालाई बुझेर सोही अनुसार आवागमनको व्यवस्था मिलाएका छौ उनले भने ।
सामान्य ज्वरो, रुघाखोकीका बिरामीलाई स्वास्थ्यकर्मीले चेकजाँच गर्न नमान्ने, एम्वुलेन्सले बिरामी बोक्न नमान्ने समस्यालाई समाधान गर्ने बाटो तय गर्न सबै जानप्रतिनिधिहरुले सुझाएका छन् । भेलाबाट आएको निष्कर्ष सहित नगरपालिकाले १० ओटा निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, जनप्रतिनिधि लगायतलाई सुरक्षाका लागि पिपिई दिने, सबै नगरपालिकालाई सुरक्षित गर्न किट छर्कने, जसको खरिदका लागि कोष खडा गर्ने, मजदुरी गरेर खानेहरुका लागि खानाको व्यवस्था लगायतका निर्णय गरिएको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताए । नगरपालिकालाई सुरक्षित राख्न अझै कडा लकडाउन गर्ने अवस्थामा जाने प्रयासमा छौं नगर प्रमुख खाँणले भने,“ कुनै नागरिकले अटेरी गर्ने, घरबाट बाहिर हिड्ने जस्ता क्रियाकलाप गरेका सिधै क्वरेन्टाईनमा राख्नेछौं ।”
सबै नगरबासीले यस्तो संक्रमणबाट जोगाउन र जोगिन सहयोग गर्न आग्रह गर्दछु उनले भने । वालिङ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा भने अहिले सम्म कसैलाई राखिएको छैन । बाहिरबाट आउनेहरुले होम क्वारेन्टाईनमै बस्ने अनुरोधमा घरमै राखिने व्यवस्था मिलाइएको छ । सबै नागरवासीको समस्यामा नगरपालिका सधै साथमा रहने उपप्रमुख कल्पना तिवारीले बताईन । नगरपालिकालाई सघाउन र सुझाव दिन तिवारीले सबैलाई आग्रह गरिन् । अहिले सम्म होम क्वारेन्टाईन, क्वारेन्टाईन र सेल्फ क्वारेन्टाईनमा गरी स्याङ्जामा ४६६ जानालाई राखिएको छ ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…