वालिङमा सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने

तोलाकान्त बगाले/वालिङ :
कुनै पनि संघ संस्था तथा ब्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण नगर्न वालिङ नगरपालिकाले आग्रह गरेको छ ।
चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको आपूर्ति ब्यवस्थापनलाई सहज बनाउने बैठकले गरेको निर्णयलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने गृह मन्त्रालयको परिपत्र अनुसार कुनैपनि निकाय/संघ/संंस्था/ब्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय भएकाले सोही अनुसार गर्नुहुन वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अनुरोध गर्नुभएको छ ।
“गृह मन्त्रालयको परिपत्र अनुसार कसैले पनि सहायताको नाममा चन्दा उठाउन वा आँफूखुसी सहायता वितरण गर्न पाउने छैनन्” नगर प्रमुख खाँणले भन्नुभयो, “एकद्वार प्रणालीबाट सहायता गर्दा राम्रो हुने र समान पहुँच पुग्ने भएकाले वितरणमा दोहोरोपनाको समस्या हुन पाउँदैन ।”
गृहमन्त्रालयको परिपत्र अनुसार स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…