वालिङ नपाभित्र होम क्वारेन्टाईनमा बस्नेको संख्या ११३ पुग्यो
तोलाकान्त बगाले/वालिङ :
लकडाउनको पाँचौं दिन शनिबारसम्ममा वालिङ नगरपालिकाभित्रका विभिन्न ठाउँमा होम क्वारेन्टाईनमा बस्नेको संख्या एकसय १३ पुगेको छ ।
वालिङ नगरपालिकाले १४ वटै वडाका टोल÷टोलका घर÷घरमा पुगेर विदेशबाट आएकाहरुको विवरण संकलन गरी उनीहरुलाई होम क्वारेन्टाईनमा राखिएको नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो ।
विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर–घरमा पुगेर एकसय १३ जनालाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
“विशेष गरी विदेशबाट फर्किएको १४ दिन पूरा नभएकाहरुलाई घर परिवारको सम्पर्कभन्दा छुट्टै बस्न सुझाव दिएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “उहाँहरु होम क्वारेन्टाईनमा बसे नबसेको टोलका ब्यक्तिहरु तथा फोन सम्पर्कबाट जानकारी लिईरहेका छौं, होम क्वारेन्टाईनको पालना नगरेको खण्डमा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा ल्याईने बताएका छौं ।”
शनिबार साँझसम्म वालिङ नगरपालिकाकाको १ नं. वडामा ९, २ मा ८, ३ मा ५, ४ मा ४, ५ मा ९, ६ मा ८, ७ मा ७, ८ मा ११, ९ मा १०, १० मा ४, ११ मा १०, १२ मा १८, १३ मा ६ र १४ मा ४ जना गरी कूल एकसय १३ जना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बसेका नगर प्रमुख खाँणले बताउनुभयो ।
विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न नगर उप प्रमुख कल्पना तिवारीले टोलबासीहरुलाई आग्रह गर्नुभएको छ ।
वालिङ नगरपालिकामा विदेशबाट फर्किएका हालसम्म नगरपालिकाको अभिलेखमा रहेका एकसय १३ जना सबै हो क्वारेन्टाईनमा बस्नुभएको उपप्रमुख तिवारीले बताउनुभयो ।
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न पनि वालिङ नगरपालिकाले आग्रह गरेको छ ।
होम क्वारेन्टाईनमा बसेकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गर्नुका साथै आवश्यक परामर्श समेत दिईएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …