प्रजातन्त्र सेनानी रेग्मीको निधन प्रति कांग्रेस सभापति देउवाद्धारा दुख व्यक्त
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्याङ्जा वालिङ नगरपालिका–२ का ७९ वर्षीय रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । रेग्मीको आइतबार हृदयाघातका कारण निधन भएको थियो ।
“स्याङ्जाका कांग्रेसका अग्रज एवम् शालिन नेता रेग्मीको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ, रेग्मीले नेपालको प्रजतान्त्रिक र पार्टी सङ्गठनमा पुर्याउनुभएको सक्रिय योगदानको स्मरण गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । रेग्मीलाई सभापति देउवाले गत फागुन १९ गते ज्येष्ठ राजनीतिज्ञसभाको सदस्यमा मनोनयन गरेका थिए ।
स्व रेग्मीले विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुका साथै पार्टी सङ्गठनमा अत्यन्त सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


