वालिङ: रेडक्रसद्वारा एक हजार थान मास्क वितरण

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकाभित्र क्रियाशील रहेका रेडक्रस उपशाखाहरुद्वारा एकहजार थान मास्क वितरण गरिएको छ ।
वालिङ नगरपालिका अन्तर्गतका क्रियाशील रेडक्रसका विभिन्न सात वटा उपशाखाहरुको पहलमा ल्याईएको मास्क नगरस्थित दैनिक खटिने संघ संस्थालाई वितरण गरिएको मास्क संकलन तथा वितरण कार्यक्रमका संयोजक एवं पेखु बाघखोर उपशाखाका सभापति विष्णुप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगरपालिका भित्रका रेडक्रस सोसाईटीका क्रियाशील सात वटा संस्थाको भेलाले कोभिड १९ को संक्रमणको रोकथामका लागि प्रारम्भिक कदमस्वरुप स्थानीयरुपमा तत्काल १२ हजार मास्क तयार गर्ने र प्रत्येक उपशाखामा २ हजारका दरले स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यकीय संस्थाहरुमा वितरण गर्ने निर्णय गरे बमोजिम पहिलो चरणमा शुक्रबार वालिङमा एक हजार थान मास्क वितरण गरिएको संयोजक खाँणले बताउनुभयो ।
मास्क तयार पार्न तथा काठमाडौंदेखि यहाँसम्म पठाउन सहयोग पु¥याउने राजन पंगेनी र सुरेश तिवारीलाई शुक्रबार बसेको भेलाले आभार प्रकट गरेको छ ।

मास्क वितरण कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख कल्पना तिवारीले विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै वालिङस्थित रेडक्रसका उपशाखाहरुले मास्क वितरण गरेर ठूलो गुन लगाएको बताउनुभयो ।
उपप्रमुख तिवारीले नगरस्थित क्रियाशील रेडक्रस सोसाईटीका उपशाखाहरुले कोभिड १९ को संक्रमणलाई फैलिन नदिनका लागि निरन्तर सक्रिय रहने संघ संस्था तथा ब्यक्तिहरुलाई ठूलो राहत मिलेको बताउँदै सहयोगप्रति खुशी ब्यक्त गर्नुभयो ।
रेडक्रसले जिल्ला तथा ईलाका प्रशासन कार्यालय, वालिङ नगरपालिका कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्याल, वडा प्रहरी कार्यालय, ग्रहौं प्राथमिक अस्पताल, सञ्चारकर्मी तथा पत्रकारहरु, वालिङ साना शहरी खानेपानी, आयुर्वेद औषधालय, रेडक्रसका उपशाखाहरु, बुटवल पावर कम्पनी, वालिङ उद्योग वाणिज्य संघलाई एक हजार थान मास्क वितरण गरेको हो ।

समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…