राप्रपाको पार्टी एकता: तीन अध्यक्ष, थापाले गरे गीतासंग पार्टी नफुटाउने प्रतिवद्धता
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकीकरण भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता सभाबाट दुई पार्टी विधिवत रुपमा एक भएको घोषणा गरिएका हुन् ।
हिन्दू राष्ट्र र राजसंस्थासहितको संसदीय प्रजातान्त्रिक प्रणालीलाई निर्देशक सिद्धान्त मानिएको छ ।
पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राखिएको छ भने पार्टीमा तीन जना अध्यक्ष रहने छन् । राप्रपा संयुक्तमा यस अघि नै पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेकोमा अब कमल थापा पनि अध्यक्ष नै रहनु हुने छ ।
घोषणा सभामा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने प्रतिवद्धता जनाए । धर्मग्रन्थ गीता हातमा लिएर थापाले पार्टी नफुटाउने प्रतिज्ञा गरेका हुन् ।
यस्तै अर्का अध्यक्ष पशुपतिशमशेर जबराले नेपाली जनताका आशा, भरोसा तथा आकांक्षालाई सरकारले कुण्ठित पारेको भन्दै गाउँ गाउँमा सिंहदरबार पुर्याउँछौ भन्ने कम्युनिष्ट सरकारले गाउँगाउँमा भ्रष्टचार पुर्याएको आरोप लगाए ।
यसैगरी अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भईरहेको भन्दै आफूहरुको पार्टी एकताले जनतामा उत्साह जागेको जिकीर गरे ।
एकीकृत राप्रपाका नेताहरुले देशमा नीतिगत र संस्थागत भ्रष्टचार मौलाएको र त्यसका लागि कांग्रेस कम्युनिष्ट उत्तिकै जिम्मेवार रहेको आरोप लगाएका छन् । उनीहरुले राप्रपा अब देशको वैकल्पिक शक्ति बन्ने दाबी समेत गरेका छन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …