नेविसंघ स्याङ्जा-काठमाडौ सम्पर्क समाज द्धारा मास्क वितरण

काठमाडौ : नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समाज ले शिखर पुरुष गिरिजाप्रसाद कोईरालको १० औं स्मृति दिवसको अवसरमा २५०० मास्क वितरण गरेको छ । सम्पर्क समितिका अध्यक्ष ई दिपेन्द्र क्षेत्रिको अध्यक्षतामा भएको मास्क वितरण कार्यक्रममा नेवि संघका महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डेयले शुभारम्भ गर्नु भयो । गिरिजाप्रसाद कोईरालाको दशौं स्मृति दिवसमा नेविसंघ केन्द्रीय समितिको आह्वान तथा नेविसंघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिको आयोजनामा कोरोना भाईरस (COVID-19) बाट आफू बचौ र अरुलाई पनि बचाऊ भन्ने अभियान अन्तर्गत नया बानेश्वर काठमाडौंमा मास्क वितरण कार्यक्रम सम्पन्न भएको क्षेत्रीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा महामन्त्री युवराज पाण्डेयले भन्नु भयो राष्ट्र संकट र सन्त्रासपुर्ण परिस्थितिमा रहेको वर्तमान अवस्थामा गिरिजावावुको सहमति , सहकार्य र एकताको अवधारणलाई हामीले अनुसरण गर्न सके कोरोनाको महामारीबाट जोगिन सकिन्छ । यस्तो अवस्थामा सत्तापक्ष, प्रतिपक्ष लगायत सम्पुर्ण दल र नागरिकको एउटै स्वर र भावना हुनु आवश्यक छ देश भित्र फैलन नदिन सबैले एकताबध्द प्रयास गर्नु आवश्यक छ। राज्यले गर्नु पर्ने काम आफुहरुले गरेको भन्दै जनताको स्वाथ्यमा ध्यान दीदै आफुहरुले मास्क वितरण गरेको अध्यक्ष ई दिपेन्द्र क्षेत्रीले वताउनु भयो । सबलपोष्ट
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…