गण्डकी प्रदेशमा नै कोरोनाको ल्याव परिक्षण गर्ने व्यवस्था मिलाउन नेता श्रेष्ठको माग
आँधीखोला खबर/स्याङ्जा :
गण्डकी प्रदेश सभा नेपाली कांग्रेस संसदीयदलका उपनेता मेखलाल श्रेष्ठले गण्डकी प्रदेशमा नै कोरोना भाईरसको ल्याव परिक्षण गर्ने व्यवस्था मिलाउन माग गर्नु भएको छ । प्रदेश भित्र नै ल्याव परिक्षणको व्यवस्था नहुँदा नागरिक धेरै चिन्तामा परेको भन्दै नेता श्रेष्ठले तत्कालै त्यस्को व्यवस्था गर्न गण्डकी प्रदेश सरकारसँग माग गर्नु भएको हो ।
फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै नेता श्रेष्ठले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतले पिपिई नपाएको भन्दै तत्कालै त्यस्को व्यवस्था गर्न समेत माग गर्नु भयो । उहाँले भन्नुभयो, डव्लुएचओले तोकेको मापदण्डका आधारमा तत्कालै आवश्यक सामाग्री स्वास्थ्यकर्मीलाई उपलव्ध गराईयोस् ।
कृषकले उत्पादन गरेका सामाग्री बजार सम्म नपुगेको र बजारमा रहेका उपभोक्ताले त्यस्ता सामाग्री खरिद गर्न नपाएको भन्दै संसदीय दलका उपनेता श्रेष्ठले कृषकले गरेको उत्पादन सहजै बजारका उपभोक्ता सम्म पुग्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।
प्रदेश सरकारले अति आवश्यक क्षेत्रमा ध्यान नदिएको आरोप लगाउदै नेता श्रेष्ठले कृषकलाई राहतको प्याकेज ल्याउन अव ढिला गर्न नहुनेमा जोड दिनुभयो । निम्न आय भई दैनिक गुजारा चलाउन नसक्ने नागरिक प्रति सरकार अनुदार भएको भन्दै उनीहरुका लागि खाद्यान्न तथा राहतको व्यवस्था तत्कालै गर्न उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
व्यापारी तथा उद्यमीको लगानी समेत जोखिममा पर्ने अवस्था आएको भन्दै नेता श्रेष्ठले उनीहरुलाई कसरी राहत दिन सकिन्छ यस तर्फ सोच्न समेत गण्डकी प्रदेश सरकारलाई आग्रह गर्नु भयो ।
सरकारले चालेको कदम प्रति सबै नागरिकले साथ दिनुपर्ने भन्दै नेता श्रेष्ठले जनताको स्वास्थ्यको सुरक्षाको लागि चालिएका कदममा आफ्नो पार्टीको समर्थन र साथ रहने स्पष्ट पार्नुभयो । उहाँले नागरिकलाई पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ ।
हेर्नुहोस् भिडियो : https://www.facebook.com/mekhlal.shrestha/videos/1343512202511309/
समाचार
थप सामाग्रीस्याङ्जा चापाकोटमा सकेट बिस्फोट ,एक घाइते
३ हप्ता अगाडि
गोपिकृष्ण रेग्मी/चापाकोट : स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम विस्फोट हुँदा एक जना घाइते भएका छ्न । चापाकोट नगरपालिका…