गण्डकी प्रदेशसभा लगातार अवरुद्ध :अडान छाड्दैनौँ, दुइतिहाइसँग लड्छौं कांग्रेस उपनेता श्रेष्ठ

आँधीखोला खबर/पोखरा :
गण्डकी प्रदेशसभा लगातार चार दिन सम्म कांग्रेसले अवरुद्ध पारेको छ । सदनमा आफूले उठाएका माग पुरा नभए सम्म बैठक अवरुद्ध पारिरहने कांग्रेसले जनाएको छ । चौथो पटक बैठक अवरुद्ध गरेपछि पत्रकार सम्मेलन गरेर कांग्रेसले कुनै पनि हालतमा मागबाट पछि नहट्ने स्पष्ट पारेको हो । कांग्रेसका उपनेता मेखलाल श्रेष्ठले पार्टीले अडान नछाड्ने बताउनु भएको हो, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “कांग्रेसले राणासँग, राजासँग लडेर आएको हो, माग पुरा नहुँदासम्म हामीले अडान छाड्दैनौँ, दुइतिहाइसँग लड्नेछौँ ।”
उपनेता श्रेष्ठले प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र निर्वाचन पूर्वाधार विकास कार्यक्रमका सम्वन्धमा आफूहरुको माग सरकारले पुरा गर्नै पर्ने धारणा राख्नुभयो । जनताले समानुपातिक बिकास चाहेकाछन् भन्दै नेता श्रेष्ठले भन्नुभयो दुई तिहाईको जवर्जस्त बल मिचाई अव सहिरहन सकिदैन ।
पत्रकार सम्मेलनमा विधेयकउपर कांग्रेसको संशोधन प्रस्ताव दर्ता रहेको जानकारी गराईएको थियो त्यस्तै निर्वाचन पूर्वाधार कार्यक्रममा मुख्यमन्त्रीले लिएको निर्णय संवैधानिक नरहेको ठहर कांग्रेसको रहेको उपनेता श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेस संसदीय दलले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले रोष्टममा बोलेका कुरा पुरा नगरेका कारण नैतिकताका आधारमा राजीनामा नै दिनुपर्न माग समेत राखिएको थियो । मुख्यमन्त्रीले संसदमा उभिएर बोलेका कुरा, ‘कुनै रोदीघरमा गएर बोलेको जस्तो नहुने’ प्रतिक्रिया कांग्रेसले दिएको छ र, मुख्यमन्त्रीले लिएको निर्णय फिर्ता गर्नुपर्ने माग राखेको छ ।
उता आइतबार नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलले पनि पत्रकार सम्मेलन नै गरेर कांग्रेसले सदनमा उठाएका विषय जायज नरहेको तर्क गरेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…