कोरोना जोखिम पूर्वतयारीको छलफल सँगै दादुरा रुवेला खोप बारे अन्तरक्रिया
आँधीखोला खबर/वालिङ :
विश्वव्यापीरुपमा फैलदै गएको कोरोना भाइरसबाट बच्च उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकामा छलफल सम्पन्न भएको छ । नगरप्रमुख दिलिप प्रताप खाँणको अध्यक्षतामा नोबेल कोरोना भाइरस सम्बन्धि छलफल सम्पन्न भएको हो । त्यस्तै बुधवारबाट शुरु हुने दादुरा रुवेला खोपको बारेमा समेत कार्यक्रममा जानकारी गराईएको थियो ।
भाइरसबाट बच्च आम नागरिकमा जनचेतना अभिबृद्धि गर्ने बारे कार्यक्रममा छलफल गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले नगरपालिकामा कोरोना भाइरस फैलन नदिनका लागि सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
उहाँले कोरोना भाइरसको संक्रमणले विश्वभर ठूलो क्षति पुगेको भन्दै नेपालीहरु बेलैमा सचेत हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले दादुरा रुवेला खोपका बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै वालिङ प्राथमिक अस्पतालका डाक्टर सरोज थापाले कोरोना भाईरसका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


