वालिङ: नगरस्तरीय उपभोक्ता सचेतना कार्यक्रम
वालिङ :
वालिङमा नगरपालिका स्तरीय उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार सवलीकरण परियोजना अष्ट्रेलिन एड द एसिया फाउण्डेसनको सहयोग, उपभोक्त हित संरक्षण मञ्चको नेपालको प्राविधिक सहयोग र वालिङ नगरपालिकाको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । सचेतना कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले उपभोक्ता हित संरक्षण सम्बन्धी ऐन पारित गरेको र यस्तै कार्यक्रम मार्फत नगरबासीलाई जानकारी गराउने बताउनुभयो । उपभोक्ताको हित, हक अधिकारका बारेमा नागरिकलाई सचेत बनाउन यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार गण्डकी प्रदेशका निर्देशक दिपकजंग ध्वज कार्कीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता केदार काफ्ले, वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खांण, द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार, पुर्णामृत भवानी माविका सहायक प्रधानाध्यापक दिपक लम्साललगायतले बोल्नुभएको थियो । उपप्रमुख तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लेखा अधिकृत ज्ञानप्रसाद अर्याल र सञ्चालन निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


