वालिङ खेल मैदानको स्तरोन्नतिका लागि समिति गठन
तोलाकान्त बगाले/वालिङ :
वालिङ खेलमैदानको स्तरोन्नति गर्नका लागि वालिङ ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ ।
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा मंगलबार खेलमैदानमा बसेको भेलाले वडा अध्यक्ष सुबेदी संयोजक रहनुभएको उक्त समितिको सह संयोजकमा एलबी ज्वारचन, सचिवमा राजन थापा हुनुहुन्छ भने सदस्यहरुमा वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्ल, १० का अध्यक्ष अनन्तराज गैह्रे, ९ का वडा सदस्य दिपक श्रेष्ठ, दिलिप थापा, मनोज श्रेष्ठ, पदमराज गुरुङ, सुन्दर श्रेष्ठ, लक्ष्मण रुचाल, मंगल राना र दुर्गाबहादुर आले (राजु) हुनुहुन्छ ।
वालिङमा ब्यवस्थित खेलमैदान निर्माण गर्नका लागि अहिलेको खेलमैदानलाई स्तरोन्नति गर्नका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाउने जिम्मेवारी गठित समितिलाई प्रदान गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


