वालिङ खेल मैदानको स्तरोन्नतिका लागि समिति गठन
तोलाकान्त बगाले/वालिङ :
वालिङ खेलमैदानको स्तरोन्नति गर्नका लागि वालिङ ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ ।
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा मंगलबार खेलमैदानमा बसेको भेलाले वडा अध्यक्ष सुबेदी संयोजक रहनुभएको उक्त समितिको सह संयोजकमा एलबी ज्वारचन, सचिवमा राजन थापा हुनुहुन्छ भने सदस्यहरुमा वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्ल, १० का अध्यक्ष अनन्तराज गैह्रे, ९ का वडा सदस्य दिपक श्रेष्ठ, दिलिप थापा, मनोज श्रेष्ठ, पदमराज गुरुङ, सुन्दर श्रेष्ठ, लक्ष्मण रुचाल, मंगल राना र दुर्गाबहादुर आले (राजु) हुनुहुन्छ ।
वालिङमा ब्यवस्थित खेलमैदान निर्माण गर्नका लागि अहिलेको खेलमैदानलाई स्तरोन्नति गर्नका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाउने जिम्मेवारी गठित समितिलाई प्रदान गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


