वालिङ-३ माझकोटमा खुल्यो संकलन केन्द्र
वालिङ,०६,फाल्गुण :
वालिङको वडा नम्वर ३ मा संकलन केन्द्रको स्थापना गरिएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा स्तरमा संकलन केन्द्र खोलिएको हो ।
संकलन केन्द्रको उद्घाटन गर्र्दै वडा अध्यक्ष सुकराज गुरुङले संकलन केन्द्रको अभाव भईरहेको बेलामा शुरु गरिएको कार्यक्रमलाई वडाको पूर्ण सहयोग रहने जानकारी दिनुभयो । उहाँले गाँउ—गाँउमा उत्पादित बस्तुले सहज बजार पाउने बिश्वास समेत व्यक्त गर्नुभयो ।
संकलन केन्द्र उद्घाटन कार्यक्रममा जनप्रतिनिधीहरु, स्थानीय सहकारीका सदस्यहरु, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।
वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित बस्तुलाई सहज रुपमा बजार सम्म पुर्याउने लक्ष्य सहित वडा—वडामा संकलन केन्द्र स्थापना भईरहेको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


