वालिङ-३ माझकोटमा खुल्यो संकलन केन्द्र
वालिङ,०६,फाल्गुण :
वालिङको वडा नम्वर ३ मा संकलन केन्द्रको स्थापना गरिएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा स्तरमा संकलन केन्द्र खोलिएको हो ।
संकलन केन्द्रको उद्घाटन गर्र्दै वडा अध्यक्ष सुकराज गुरुङले संकलन केन्द्रको अभाव भईरहेको बेलामा शुरु गरिएको कार्यक्रमलाई वडाको पूर्ण सहयोग रहने जानकारी दिनुभयो । उहाँले गाँउ—गाँउमा उत्पादित बस्तुले सहज बजार पाउने बिश्वास समेत व्यक्त गर्नुभयो ।
संकलन केन्द्र उद्घाटन कार्यक्रममा जनप्रतिनिधीहरु, स्थानीय सहकारीका सदस्यहरु, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।
वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित बस्तुलाई सहज रुपमा बजार सम्म पुर्याउने लक्ष्य सहित वडा—वडामा संकलन केन्द्र स्थापना भईरहेको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


