भ्रष्टाचार नेपालीको सबै भन्दा ठुलो शत्रु : उपराष्ट्रपति पुन (भिडियो सहित)

राधाकृष्ण डुम्रे/स्याङ्जा
उपराष्ट्रपति नन्द बहादुर पुनले भ्रष्टाचार नेपालीको सबै भन्दा ठुलो शत्रु भएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा आयोजित नेपाल मगर संघको ३८ औ स्थापना दिवसको अवसरमा बोल्दै उपराष्ट्रपति पुनले भन्नुभयो, संमृद्धिको सबै भन्दा ठुलो शत्रु भ्रष्टाचार नै हो । पछिल्लो समय आईरहेका भ्रष्टाचारका घटनाहरु प्रति अघोसित रुपमा लक्षित गर्दै उपराष्ट्रपति पुनले यसलाई परास्त गर्न सबै एकजुट हुन आवश्यक रहेको स्पष्ट पार्नु भयो ।

उहाँले आँधीखोला हाईड्याम लामो समय सम्म अन्योलमा रहनु दुखद रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । आफु काठमाण्डौ जाने बित्तिकै उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण संग कुरा राख्ने र काम छिटो गर्न आग्रह गर्ने उहाँले जानकारी गराउनु भयो ।
संमृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ देशमा काम भईरहेको भन्दै पुनले सिंहदरवारको अधिकार गाँउ गाँउमा पुगेको बताउनु भयो ।
सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण, मगर सङ्घ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष डिलबहादुर थापा , रिना राना लगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिए ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…