भ्रष्टाचार नेपालीको सबै भन्दा ठुलो शत्रु : उपराष्ट्रपति पुन (भिडियो सहित)
राधाकृष्ण डुम्रे/स्याङ्जा
उपराष्ट्रपति नन्द बहादुर पुनले भ्रष्टाचार नेपालीको सबै भन्दा ठुलो शत्रु भएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा आयोजित नेपाल मगर संघको ३८ औ स्थापना दिवसको अवसरमा बोल्दै उपराष्ट्रपति पुनले भन्नुभयो, संमृद्धिको सबै भन्दा ठुलो शत्रु भ्रष्टाचार नै हो । पछिल्लो समय आईरहेका भ्रष्टाचारका घटनाहरु प्रति अघोसित रुपमा लक्षित गर्दै उपराष्ट्रपति पुनले यसलाई परास्त गर्न सबै एकजुट हुन आवश्यक रहेको स्पष्ट पार्नु भयो ।

उहाँले आँधीखोला हाईड्याम लामो समय सम्म अन्योलमा रहनु दुखद रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । आफु काठमाण्डौ जाने बित्तिकै उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण संग कुरा राख्ने र काम छिटो गर्न आग्रह गर्ने उहाँले जानकारी गराउनु भयो ।
संमृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ देशमा काम भईरहेको भन्दै पुनले सिंहदरवारको अधिकार गाँउ गाँउमा पुगेको बताउनु भयो ।
सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण, मगर सङ्घ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष डिलबहादुर थापा , रिना राना लगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिए ।

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


