लुम्बिनी भ्रमण वर्ष सफल बनाउन वालिङमा अन्तरक्रिया

आँधीखोला खबर/वालिङ :
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऊँ, शान्तिको सन्देश फैलाऊँ’ भन्ने नाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन अन्तरक्रिया कार्यक्रम वालिङमा गरिएको छ ।
उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, प्रदेश नं. ५ सरकारको आयोजनामा जारी रहेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकहरु लुम्बिनीमा भित्र्याउन अपनाउने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलकोरुपमा रहेको लुम्बिनीमा धेरैभन्दा धेरै पर्यटकहरु आकर्षण गर्नका लागि वालिङ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले शान्तिको सन्देशलाई जताततैं फैलाउन आवश्यक रहेको बताउँदै प्रचार प्रसारमा वालिङ नगरपालिकाको तर्फबाट कुनै कञ्जुस्याई नहुने विश्वास दिलाउनुभयो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…