आगामी निर्वाचनमा काङ्ग्रेस, नेकपा पछिको शक्ति राप्रपा : कमल थापा
स्याङ्जा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई काङ्ग्रेस र नेकपापछिको तेस्रो शक्ति बन्ने बताउनु भएकाे छ।
साेमवार स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलामा उहाँले राप्रपा लामो र कठिन यात्रामा हिँडेको स्पष्ट पार्नु भयो । राजसंस्थालाई विकास र प्रगतिको बाधक भन्नेहरुलाई बेलायत र जापानलाई हेर्न आग्रह गर्नुभयो ।
राजासहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अवलम्बन गरेको मार्गचित्र विकास, समृद्धि, प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकूल भएको उहाँको दाबी थियो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


