गोपालमानको प्रश्न ! के कम्युनिष्ट पार्टीको मान्छे भए पछि जे गर्न पनि छुट हुने हो ?

आँधीखोला खबर/वालिङ :
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले कम्युनिष्ट पार्टीको मान्छे भए पछि जस्तो सुकै अपराध पनि माफ दिने काम सरकारले गरेको भन्दै आक्रोस पोख्नु भएको छ । उहाँले सोध्नुभयो, के कम्युनिष्ट पार्टीको मान्छे भए पछि जस्तो सुकै नराम्रो काम गर्न पनि छुट हो ?
बुधबार वालिङमा नेपाली काँग्रेस क्षेत्र नं २ को अयोजनामा प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रियामा बोल्दै नेता श्रेष्ठले भन्नुभयो, सरकारको रणनीति नै आफ्नोलाई खरावै भए पनि जोगाउने तर अरुलाई फसाउने रहेछ स्पष्ट भयो ।
पूर्ब उपप्रधानमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले थप्नुभयो, हामी भ्रष्टाचारको समर्थन गर्दैनौ तर कम्युनिष्टलाई उन्मुक्ति दिएर विपक्षीलाई सिध्याउने खेलमा सरकार अगाडि बढेककाले बिरोध गर्नु परेको हो ।

त्यस्तै नेता श्रेष्ठले पार्टी घात र अन्र्तघातमा अल्मलिनु भन्दा एकताका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका पुर्व सांसद खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य मोहन प्रसाद पाण्डे, स्वतन्त्र सेनानी सुर्यप्रसाद रेग्मी, महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, महाधिवेसन प्रतिनिधि विष्णु पौडेलल गायतले बोल्नुभएको थियो । कार्यक्रममा ढाकाराम पंगेनी, विष्णु सुवेदी, हेमन्त गैह्रे लगायतले जिज्ञासा तथा सुझाव व्यक्त गर्नुभएको थियो ।
क्षेत्रिय सभापति देवबहादुर खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहसभापति अर्जुनप्रकाश अर्याल र सञ्चालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…