म लगायत प्रधानमन्त्री बनेका सबैको सम्पत्ति छानबिन गरौं: बाबुराम भट्टराई
काठमाडौं : संघिय समाजवादीका नेता एवं पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सबै दलका नेताहरुको सम्पति छानबिन गर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनीधि सभामा बोल्दै भट्टराईले चप्पल लगाएर काठमाडौं आएकाले सिधा हिसाबले महल र गाडी जोड्न नसक्ने बताएका छन्।
आफु अर्थमन्त्री पनि भएको र प्रधानमन्त्री पनि भएको साथै हिसाब मन पनि पर्ने भएर सोच्दा पनि कमाईको हिसाब नमिल्ने देखिने भन्दै जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने पनि बताए ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “म लगायत सबैको सम्पत्ति छानबिन गरौं । हिजो हामी त साथीहरूले दिएको एक जोडी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेडबुटेड भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …