वालिङ नगरपालिका-१० बैंंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिका १० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्नका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ९२ लाख, गण्डकी प्रदेश सरकारले ६० लाख तथा बाँकी वालिङ नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वालिङ नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वालिङ १० को बंैडी, वालिङ १ को बौवा, वालिङ ११ को पञ्चमूल, वालिङ १२ को धनमुढा, वालिङ १३ को बाह्रविसे र वालिङ १४ को तिवारी पसल गरी पाँच वटा स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनौट गरिसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।

“औद्योगिक ग्राम सञ्चालन गर्नका लागि पहिलो चरणमा वालिङ १० बैंडीमा रहेको जग्गा छनौट गरिसकेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “बैंडीमा रहेको ९२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम सञ्चालनका लागि तयारी शुरु गर्छौं ।”

पहिलो चरणमा बैंडीलाई औद्योगिक ग्रामकारुपमा विकास गरेपछि आगामी वर्षहरुमा बाँकी रहेका अन्य स्थानहरुमा पनि सञ्चालनको तयारी गर्ने नगरपालिकाको लक्ष्य रहेको नगर प्रमुख खाँणको भनाई थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP