वालिङ नगरपालिका-१० बैंंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिका १० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्नका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ९२ लाख, गण्डकी प्रदेश सरकारले ६० लाख तथा बाँकी वालिङ नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वालिङ १० को बंैडी, वालिङ १ को बौवा, वालिङ ११ को पञ्चमूल, वालिङ १२ को धनमुढा, वालिङ १३ को बाह्रविसे र वालिङ १४ को तिवारी पसल गरी पाँच वटा स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनौट गरिसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।
“औद्योगिक ग्राम सञ्चालन गर्नका लागि पहिलो चरणमा वालिङ १० बैंडीमा रहेको जग्गा छनौट गरिसकेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “बैंडीमा रहेको ९२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम सञ्चालनका लागि तयारी शुरु गर्छौं ।”
पहिलो चरणमा बैंडीलाई औद्योगिक ग्रामकारुपमा विकास गरेपछि आगामी वर्षहरुमा बाँकी रहेका अन्य स्थानहरुमा पनि सञ्चालनको तयारी गर्ने नगरपालिकाको लक्ष्य रहेको नगर प्रमुख खाँणको भनाई थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


