राष्ट्रियसभा निर्वाचन : गण्डकीमा कांग्रेसका रेग्मी र गौचनको उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले आइतबार जिल्ला निर्वाचन कार्यालय कास्कीमा मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रियसभामा एउटा प्रदेशबाट निर्वाचित हुने ८ पदमध्ये एक महिनापछि गण्डकी प्रदेशका अन्य र महिला सदस्य गरी २ पद खाली हुँदैछ । अन्य सदस्यमा उम्मेदवारी दिएका रेग्मीको प्रस्तावकमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल र समर्थक भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाँराम पौडेल रहेका छन् ।
त्यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका विमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा पुन र समर्थक स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्य रहेकी छन् ।
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य सदस्यमा नारायणकाजी श्रेष्ठ र महिला सदस्यमा भगवती न्यौपानेले उम्मेदवारी दिएका छन् ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…