कांग्रेसले छान्यो राष्ट्रियसभा सदस्यका लागि स्याङ्जाका रेग्मी सहित १४ उम्मेदवार

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ।
शनिबार बसेको कांग्रेस पदाधिकारीको बैठकले उम्मेदवारको नाम छानेको हाे। बैठकले १४ जना उम्मेदवारको नाम छानेको छ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको नाम भने टुंगिएको छैन। शनिबार साँझसम्म थप दुई जनाको नाम पनि टुंगिने कांग्रेले जनाएको छ।
यी हुन् कांग्रेसका राष्ट्रियसभा सदस्यका उम्मेदवार
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर), दलित
२. मिना पुलामी मगर (सुनसरी), महिला
३. राजेन्द्र घिमिरे (झापा), अन्य
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी), महिला
२. भोला पन्जियार (धनुषा), अल्पसंख्यक/अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन), महिला
प्रदेश-गण्डकी
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा), अन्य
२. विमला गौचन (म्याग्दी), महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची), अन्य
२. गिरिजा न्यौपाने (दाङ), महिला
३. मेराज हलवाई (बाँके), अल्पसंख्यक/अपाङ्गता
प्रदेश सुदुरपश्चिम
१. प्रताप ठगुन्ना (बैतडी), अन्य
२. तुलसी देवकोटा (कैलाली), महिला
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…