एकबद्ध भएर समाजसेवामा जुट्नुको बिकल्प छैंन — कांग्रेस नेता श्रेष्ठ

भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसजनहरु एकबद्ध भएर समाजसेवामा जुट्नुको बिकल्प नरहेको बताएकाछन् । लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले बिधिको शासन, मानवअधिकार, प्रेस तथा धार्मिक स्वतन्त्रतालाई अवलम्बन गर्दे सबैका धर्म, संस्कृती, रितिरिवाजको संरक्षण गर्दै कुरिती र विसंगतीलाई पन्छाउदै अघि बढ्नु पर्ने उनको भनाई छ ।
नेपाली कांग्रेस स्याङ्जा स्थित पार्टी कार्यालयमा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा कार्यकर्तालाई पार्टीको संगठन विस्तार र सृदृढीकरणका लागि गाउँ गाउँमा पुग्नुपर्नेमा जोड दिए । उनले भने ‘भागवण्डाको राजनीति अन्त्य गर्नुपर्छ । भागवण्डाबाट फाइदा लिन थालेपछि पार्टी कमजोर बन्छ । भोली बन्ने सभापतीले पनि कमजोर पार्टी सम्हाल्न गाह्रो पर्छ ।’
सरकारले विवादित ब्यक्ति अग्नी सापकोटालाई सभामुख बनाएको छ भने डा. शिवमाया तुम्वाहाम्फेलाई अपमान ग¥यो नेता श्रेष्ठले भने । अमेरिकाको मिलेनीअम च्यालेन्ज कोअपरेशन ( एमसीसी) पास गर्ने शर्तमा सापकोटालाई सभामुख बनाइएको उहाको भनाई थियो । गोकर्ण रिसोर्टको सम्झौता अवधि ६ बर्ष बाँकी छर्दै सरकारले नियम बदल्दै गुन्दु्रकको भाउमा थप २५ बर्ष सम्झौता गरेको जानकारी दिए । अदालत स्वतन्त्र छैंनन सरकारको निर्देशनमा अदालत संचालन हुदा नागरिकले न्यायको अनुभूतिगर्न नसकेको श्रेष्ठले बताए ।
कार्यक्रममा राष्ट्रियसभा पूर्वसांसद खगेन्द्रराज रेग्मी, संबिधानसभा सदस्य राजु थापा, क्षेत्रीय सभापतिहरु तुलसीराम रेग्मी, अर्जुनप्रकाश अर्याल र देवबहादुर खाँण (ईश्वर, मुस्लिम संघका पूर्व केन्द्रीय सचिव मुन्ना शेख, मुस्लिम संघका अध्यक्ष अलि मिया (मुमु), सहसचिव सायरा बानु, कांग्रेस नेताहरु ओम भट्ट, बिष्णुकुमार श्रेष्ठ, ख्यामनारायण शर्मा, मुक्तिप्रसाद रेग्मी, सोमनाथ लम्साल, नविन ढकाल, अमरसिंह नेपाली, हिक्मत श्रेष्ठ, महिला नेतृ शोभा गैह्रे लगायतले सुुझाव एवं जिज्ञासा ब्यक्त गरेका थिए ।
नेपाली कांग्रेस कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्र गोदारले गरेका थिए ।
यसैगरी, मुस्लिम संघ स्याङ्जाको अध्यक्षमा निर्वाचित अलि मिया (मुमु) र सहसचिव सायरा बानुलाई सम्मान गरिएको छ । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता गोपालमानले सम्मान गरेका हुन ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…