मोबाईल स्वास्थ्य कार्यक्रम वालिङ नगरस्तरीय प्रशिक्षक प्रशिक्षण शुरु
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाको हलमा आजबाट मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाईल स्वास्थ्य कार्यक्रमको नगरस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
वालिङ नगर कार्यपालिकाको आयोजना तथा मेडिक मोबाईलको प्राविधिक सहयोगमा सञ्चालित तालिममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले आधुनिक प्रविधिको प्रयोगसँगै आमा र बच्चाको स्वास्थ्यमा ब्यहारिक प्रयोग गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले बालमृत्युदरको संख्यालाई न्यूनिकरण गर्नका लागि मोबाईल स्वास्थ्य कार्यक्रम अर्थपूर्ण र उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मा, मेडिक मोबाईल परियोजना प्रवन्धक दुसला अधिकारी लगायतले मोबाईल प्रविधिको प्रयोगले दीर्घकालीन र यथार्थपरक तथ्यांकहरु प्राप्त हुने भएकाले कार्यान्वयन प्रक्रियामा सहजता हुने बताउनुभयो ।
पहिलो दिनको कार्यक्रममा नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख कल्पना तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


