मोबाईल स्वास्थ्य कार्यक्रम वालिङ नगरस्तरीय प्रशिक्षक प्रशिक्षण शुरु

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाको हलमा आजबाट मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाईल स्वास्थ्य कार्यक्रमको नगरस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
वालिङ नगर कार्यपालिकाको आयोजना तथा मेडिक मोबाईलको प्राविधिक सहयोगमा सञ्चालित तालिममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले आधुनिक प्रविधिको प्रयोगसँगै आमा र बच्चाको स्वास्थ्यमा ब्यहारिक प्रयोग गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले बालमृत्युदरको संख्यालाई न्यूनिकरण गर्नका लागि मोबाईल स्वास्थ्य कार्यक्रम अर्थपूर्ण र उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मा, मेडिक मोबाईल परियोजना प्रवन्धक दुसला अधिकारी लगायतले मोबाईल प्रविधिको प्रयोगले दीर्घकालीन र यथार्थपरक तथ्यांकहरु प्राप्त हुने भएकाले कार्यान्वयन प्रक्रियामा सहजता हुने बताउनुभयो ।
पहिलो दिनको कार्यक्रममा नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख कल्पना तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…