नगर प्रमुख खाँणको कर्मचारीलाई निर्देशन : बिना भेदभाव सेवा प्रवाह गरौं, टिम स्प्रिड कायम राखौं ।
आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले टिम स्प्रिडमा काम गर्दा नगरपालिका सफल हुने बताउनु भएको छ । शुक्रबार कर्मचारीहरुलाई निर्देशन दिदै प्रमुख खाँणले टिम स्प्रिडले नै जुनसुकै काममा पनि सफलता मिल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कर्मचारी तथा जनप्रतिनिधीहरु एक भई टिम स्प्रिडमा काम गरौं ।”
नगर प्रमुख खाँणले भेदाभाव रहित सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । डिजिटल प्रबिधिमा वालिङ अगाडि बढिरहेको भन्दै खाँणले जसको कार्यान्वयनका लागि कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । मानव संशाधन जुनसुकै निकायको लागि महत्वपूर्ण रहेको भन्दै उहाँले कर्मचारीहरुलाई तालिम प्रदान र पुरस्कृत गर्ने व्यवस्था मिलाईने जानकारी दिनुभयो ।
नगरपालिकालाई थप उचाईमा पुर्याउनका लागि नयाँ प्रबिधि, तरिका तथा शैली भए कर्मचारीहरुलाई पेश गर्न भन्दै नगरप्रमुख खाँणले समस्या र गुनाशो बारे आगामी बैठकमा छलफल गरिने जानकारी दिनुभयो । उहाँले ऐन तथा कानुनको पालनामा कर्मचारी तथा जनप्रतिनिधी प्रतिवद्ध र सचेत रहनु पर्ने स्पष्ट पार्नु भयो ।
बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम साप्कोटा, लेखा अधिकृत ज्ञान प्रसाद अर्याल, राजस्व अधिकृत पदम प्रसाद पाण्डे लगायतले बोलेका थिए ।
हाल १९ वटा शाखा रहेको नगरपालिकामा झण्डै ८० जना कर्मचारी कार्यरत रहेकाछन् । जनप्रतिनिधी र कर्मचारीहरुको संयुक्त छलफल तथा बैठक प्रत्येक महिनाको ३ गते बस्ने तय भएको नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…