खरका छाना बिस्थापित गर्न सुरक्षित नागरिक आवास कार्यक्रम स्याङ्जामा शुरु ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
खरका छाना भएका नागरिकका खरका छाना बिस्थापित गर्ने अभियान अन्तरगत स्याङ्जामा सुरक्षित नागरिक आवास कार्यक्रम शुरु भएको छ । जिल्लाका वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी ५ पालिकाका २ सय ५० खरका छाना भएका घरलाई टिनको छानो लगाउने अभियान शुरु भएको हो ।
अभियानको शनिवार नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले शुरु गर्नु भएको हो । सुरक्षित जनता आवास कार्यक्रमको अध्यक्ष सम्बन्धीत निर्वाचन क्षेत्रको सांसद रहने प्राबधान अन्गरगत मन्त्री अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा टिनका छाना लगाउने अभियानको थालनी गर्नुभएको हो ।

खरका छाना भएकाहरुको परिवारलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागि परेको बताउनु भयो । सन् २०३० सम्म नेपालमा गरिवि निर्मुल पार्ने लक्ष्य सरकारको रहेको भन्दै मन्त्री अर्यालले यो संबृद्धिको लागि सरकारको नयाँ अभियान भएको स्पष्ट पार्नु भयो ।
स्याङ्जा निर्वाचन क्षेत्र नं २ का पाँच पालिकामा यसवर्ष २ सय ५० परिवारलाई ५० हजारका दरले रकम उपलव्ध गराईने छ । पहिलो किस्ता अन्तरगत रु ३० हजार उपलव्ध गराइएको हो । बाँकी रहेका खरका छानाको लगत संकलन गरी पुन यसरी नै खरका छाना हटाईने मन्त्री अर्यालले जानकारी दिनुभयो ।

वालिङमा भएको कार्यक्रममा ५० जनालाई पहिलो किस्ता अन्तरगत रु ८ लाख ४० हजार हस्तान्तरण गर्नु भएको हो भने गल्याङ नगरपालिकामा भएको कार्यक्रममा पनि मन्त्री अर्यालले ५० परिवारलाई पहिलो किस्ता बापतको रकम उपलव्ध गराउनु भएको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


