पूर्वराजा ज्ञानेन्द्र – ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान सरकारको काम कर्तव्य र राजनीतिक अवस्थाप्रति गम्भीर अनि चेतावनीयुक्त आक्रोश पोख्नु भएकाे छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले विज्ञप्ति जारी गरी भन्नुभएकाे छ, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन ।’
पूर्वराजा शाहले अगाडि भन्नु भएकाे छ, ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन ।’
समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयाे, ‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड राख्नुपर्दछ । देशका सबै भूभागको रक्षा तथा समग्र नेपालवासीको समृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’
पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको उल्लेख छ । उहाँकाे भनाइ छ ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…