शिक्षाबाटै चेतनाको विकास हुन्छ : वडा अध्यक्ष सुबेदी
वालिङ : वालिङ वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले शिक्षाबाटै चेतनाको विकास हुने बताउनुभएको छ । वालिङ ८ चिथाभञ्ज्याङस्थित भगवती आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सवको उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष सुबेदीले जबसम्म शिक्षाको विकास हुँदैन तबसम्म चेतनाको विकास नहुने भएकाले चेतनाको विकासका लागि शिक्षाको महत्व रहेको बताउनुभयो । विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै शैक्षिक तथा भौतिक पूर्वाधार विकास लागि वडा कार्यालय प्रतिबद्ध रहेको वडा अध्यक्ष सुबेदीको भनाई थियो ।
कार्यक्रममा कार्यपालिका सदस्यद्वय युगमाया पंगेनी, गीता रनपाल, नेपाल आदर्श क्याम्पसका निर्देशक दीपक लम्साल, समाजसेवी तिलकराम उपाध्याय लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले विद्यालयको शैक्षिक एवं भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक थमन गुरुङको स्वागतसँगै शुरु भएको कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक डण्डपाणी पंगेनीले गर्नुभएको थियो । (रेडियो आँधीखोला)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


